दार्चुलामा सत्ता र विपक्षी गठबन्धनका कार्यकर्ताबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । दार्चुलामा सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले प्रहरीले जनाएको छ ।

झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।