दोहोरो अंकले घट्यो नेप्से, कारोबार १ अर्ब तल खुम्चियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२६ कम्पनीको ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ बराबरको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १२ वटाको राताम्मे भएको छ भने २ वटा बढेको छ ।

नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।