झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताएका छन।

मतदातासँगको भेटभाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताएका हुन। उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे।

उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए। महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे।

क्षेत्र नं १ मा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वकानुन मन्त्रीले अग्नि खरेलसमेत घरदैलो अभियानमा छन। उनले ग्रामीण क्षेत्रका अधिकांश स्थानमा पुगेर जनताको समस्या बुझ्ने र एमालेले गरेका कामका बारेमा चर्चा गर्दै आफूलाई मतदान गरी विजयी गराउन अपिल गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।