एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले जहाँ टेक्यो त्यहाँ विकास हुने दाबी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विकास गर्न जन्मिएकाले जहाँ छोयो, टेक्यो त्यहाँ विकास भइहाल्ने बताए। 

उनले भने, ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको हो। शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो। यी उपलब्धि रक्षा आगामी चुनावमा एमालेले जित्नैपर्छ।’ 

एमाले सरकारले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको र जनकपुरमा नेपालको आफ्नै रेल चल्न थालेको ओलीको जिकिर छ।

‘गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम छैन। फुटेका हाडीका खपटा जोडेजस्तो अहिलेको गठबन्धन सरकार नभई राष्ट्रिय शक्तिका रूपमा एमाले चुनावपछि उदाउँछ’, उनले भने। राप्रपासँगको चुनावी तालमेलको सहमति पालना गर्न एमाले प्रतिबद्ध रहेको ओलीले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।