एमाले बहुमतसहितको जनमत लिएर सिंहदरबार पस्छ : नेता नेम्बाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। नेम्बाङ इलाम क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। ४ मंसिरपछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने उनको भनाइ छ।

इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापी रूपमा आफ्ना एजेन्डासहित एमाले जनताका घर–घर पुगेको बताए।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेम्बाङले यस पटक आफ्नै निर्वाचन क्षेत्रका जनतालाई बुझाउनुपरेकाले बाहिर जान नसकिएको सुनाए। जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने उनको धारणा छ।

नेता नेम्बाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए। एमालेले सार्वजनिक गरेको घोषणापत्रअनुसार अघि बढ्ने उनले प्रतिबद्धता जनाए।–रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।