करुवा प्रहार गरी झापामा श्रीमतीको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमान‍्ले श्रीमतीको हत्या गरेका छन्।

बुधबारे बजारमा विगत ८ वर्षदेखि डेरामा बस्दै आएका भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठाले गएराति २६ वर्षीया श्रीमती सपना गोठ्ठाको पानी खाने करूवाले हानेर हत्या गरेका हुन्।

सामान्य विवाद चल्दा चल्दै उनले करुवाले हान्दा सपनाको टाउकोमा लागेकाले उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।