मुलुकमा सुशासनको अनुभुति गराउनको लागि मेरो उम्मेदवारीः लामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अव ११ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिदै गर्दा राजनितिक दलका उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घरघरमा प¥याउन दिनरात खटिएका छन् ।

यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा उम्मेदवारी दिएका दिपेश लामाले मुलुकमा सुशासनको अनुभुति गराउनको लागि आफुले उम्मेदवारी दिएको वताएका छन् । 

राप्रपाका युवा नेता दिपेश तामाङले बुधबार नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत पर्ने बेलकोटगढी नगरपालिकाका विभिन्न वडाहरुको घर दैलो कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा यस्तो वताएका हुन । 

नुवाकोट निर्वाचन क्षेत्र नं.२ (क) को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै लामले ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । 

विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताए

मंसिर ४ मा हुने निर्वाचन शान्त र भयरहित हुने भएकोले निर्धक्क भएर राप्रपाको चुनाव चिन्ह हलोमा मतदान गर्न आग्रह गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।