लागूऔषधसहित रौतहटबाट एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट ।  प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नम्बर ४ स्थितमा संजय होटलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। 

हिजो साँझ होटलमा  बसिरहेका रौतहट चन्द्रनिगाहपुर ६ गुम्बाटोल बस्ने वर्ष ३२ का करण राईलाई लागूऔषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित पक्राउ गरेको हो। 

निजबारे थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।