कस्ताे‍ रहला आज दिनभर र राति देशभरकाे माैसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् ।

महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । 

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।  

आज राति देशभर आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाकाे छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।