ला लिगामा रियलको पहिलो हार, चुक्यो शीर्ष स्थानमा उक्लिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले यो सिजन पहिलो हार व्यहोरेको छ। रियल तुलनात्मक रपमा कमजोर मानिएको टिम रायो भ्यालेन्सिया ३-२ गोलअन्तरले पराजित भएको हो।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाको जितका लागि खेलको पाँचौँ मिनेटमा सान्टी कोमेस्नाले पहिलो गोल गरे। त्यसपछि अल्भारो गारसियाले ४४ मिनेटमा दोस्रो गोल गरे र ओसकार ट्रेजोले ६७औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागी विजयी गोल गरे।

उता रियलमा लागी लुका मोड्रीचले ३७औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे। त्यसको केही समय नबित्दै रियलका डिफेन्डर एडर मिलिटाओले ४१औं मिनेटमा दोस्रो गोल गरे।

यो पराजयसंगै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। १३ खेल खेलेर ३२ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा रहेको छ। रियललाई पराजित गरेको रायो भ्यालेन्सिलाले १३ खेलमा २१ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ। १३ खेलमा ३४ अंक जोडेको बार्सिलोना तालिकाको शिर्ष स्थानमा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।