वर्ल्डलिङ्कको सहयोग विद्यालयमा इण्टरनेट सचेतना कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इण्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ ।

पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थान) को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखी १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन्।

यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिईनेछ। साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरि यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिङ्कको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इण्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।

‘वर्ल्डलिङ्क इण्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरुमा डिजिटल साक्षरताका कुराहरुसंगै इन्टरनेटका महत्वपुर्ण बिषयबस्तुहरु पनि समावेश गरिने छ।

यस कार्यक्रमलाई साथ दिदैं चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ। साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।