एक हप्तामा थपियो २१ अर्ब ४५ करोड निक्षेप, सीडी रेसियो ८७.२१ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप निक्षेप प्रणालीमा फर्किन थालेको छ । तिहार, छठलगायतका चाडपर्वहरूमा प्रणालीबाट निस्किएको रकम प्रणालीमा फर्किन थालेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ११ देखि १८ गतेसम्म एक सातामा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ।

कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब निक्षेप रहेकोमा १८ गते पुग्दा ४५ खर्ब ४५ अर्ब निक्षेप थपिएको छ। यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि ३ अर्बले थपिएको छ।

सो अवधिमा वाणिज्य बैंकहरको कर्जा भने १ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाएको छ ।

गत कात्तिक ११ गतेसम्म कुल ४२ खर्ब २५ अर्ब २४ करोड कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले एक सातामा १ अर्ब २५ करोड रुपैयाँ घटाएर १८ गतेसम्म ४२ खर्ब २४ अर्ब १६ करोड रुपैयाँमा सीमित गरेका छन् ।

निक्षेप संकलन बढेपनि थप कर्जा प्रवाह नगर्दा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) एक सातामा ०.०२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८७.२१ प्रतिशतमा सीमित भएको छ । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशतमा थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।