ओली भन्छन् – प्रचण्डको संगतले देउवाले बन्दुकको भाषा बोल्न थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले देउवामाथि कटाक्ष गरेका हुन्। बन्दुक लिएर सीमा बचाउन जान प्रधानमन्त्री देउवाले केही दिनअघि केपी ओलीलाई चुनौती दिएका थिए ।

त्यसको जवाफ दिँदै ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताए । माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै ओलीले कटाक्ष गरे ।

‘हामीले हाम्रो भूमि फिर्ता ल्याउँछौँ भन्दा कोही छिमेकी रिसाउँछन् भन्ने तनाव किन लिनु? मात्रिकाप्रसाद कोइरालाले चीनतर्फ राखेका भारतीय सेनाका १७ वटा चेक पोस्ट वार्ता गरेर हटाएकै हो’, उनले भने, ‘तर देउवाजीले सीमामा गएर लडेर ल्याउने हो र भूमि भनेछन्।

उनले नेपालको भूभाग भारतको नियन्त्रणमा रहेकाले वार्ता गरेर फिर्ता ल्याउने उल्लेख गरे। ‘सन् १९५२ मा उत्तरतर्फ भारतले १७ वटा चेक पोस्ट राखेको थियो।

तत्कालीन कोइराला सरकारले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउने काम गर्नु हुने थिएन’, उनले भने, ‘हामीले चेक पोस्ट हटायौँ भने भूमि फिर्ता ल्याउँछौँ भन्दा छिमेकी रिसाउलान् भनेर डराउनुपर्दैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।