सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताउनुभएको छ । 

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका खनालले काठमाडौँ क्षेत्र नं ६ का खुला बस्तीमा नमूना समाज निर्माण गरिने बताउनुभएको हो । 

“एउटै समाजभित्र विद्यालय, स्वच्छ खानेपानी, खेल मैदान, ज्येष्ठ नागरिक पार्क, पुस्तकालय, प्राविधिक ल्याव, चमेना गृह, पसललगायतको सुविधासम्पन्न समाज निर्माण गर्ने मेरो लक्ष्य छ,”– उहाँले भन्नुभयो । 

तीस वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका खनालले आफूले निर्वाचन जितेमा काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । खनालले आफू हरेक जनताको सुःख दुःखको साथी बन्न खोजेको उल्लेख गर्नुभयो । 

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।