‘दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, कुटनीतिक वार्तामार्फत फिर्ता ल्याउँछौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन् ।

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधनको क्रममा देउवाले भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका हुन् ।

‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?’ प्रधानमन्त्री देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।’ उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे।

हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।