धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका-१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ।
त्रिपुरासुन्दरी-१ कै २१ वर्षीया भवानी खकुराल गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएकी थिइन्।
उनको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लगिएकोमा उपचार हुन नसकी न्युरो अस्पताल प्रेषण गरिएको र सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए।
म्यादी प्रहरीको बिमा नगरिएकाले क्षतिपूर्ति नेपाल सरकारले निर्णय गरेअनुसार हुने खत्रीले बताए।
Comment