७ दिनमै वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब घट्यो, सीडी रेसियो ८७.५८ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ओरालो लाग्न थालेको छ । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै बढेको निक्षेप कात्तिक लागेलगत्तै ओरालो लागेको हो ।

कात्तिक पहिलो साता सवा ६ अर्ब रुपैयाँ घटेको निक्षेप दोस्रो सातामा पुन:१७ अर्ब रुपैयाँ भन्दा बढी घटेको छ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ४ गतेसम्म ४५ खर्ब ४० अर्ब ९० करोड रुपैयाँ निक्षेप र ११ गतेसम्म आइपुग्दा ४५ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँमा आइपुगेको छ।

तर कर्जा प्रवाह भने केही वृद्धि भएको छ। एक हप्ता अवधिमा ५६ करोड रुपैयाँ कर्जा प्रवाह बढेको छ।

कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह कात्तिक ११ गतेसम्म आइपुग्दा ४२ खर्ब २५ अर्ब रुपैयाँमा सीमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८७.५८ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।