तोलाको ५ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँले बृद्धि भएर प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको भाउ अन्तराष्ट्रिय बजारमा पनि सामान्य बढेको छ । सुन प्रतिऔंस १६५० दशमलव ४१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.६४ डलर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।