प्रचण्ड, देउवा र मैले चुनाव जित्न गठबन्धन गरेको होइन : नेता केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका  नेता तथा नुवाकोट क्षेत्र न २ का नेपाली काङ्ग्रेसका तर्फबाट उमेदवार अर्जुन नरसिह केसिले प्रचण्ड गोरखामा जित्न,शेरबहादुर देउवा डडेल्धुरामा जित्न र आफुले नुवाकोटमा जित्न गठबन्धन नभएको दाबी गरेका छन् । 

मंगलबार नुवाकोट क्षेत्र न २ अन्तर्रगत नुवाकोट दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसिले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा केसिले लोकतान्त्रिक बाम गठबन्धन कुनै ब्यक्ति जित्न होईन राष्ट्र हितमा राखेर राष्ट्र को स्वाभिमान उच्च राख्न,सबिधानको रक्षा गर्न,बिकासको गति बढाउनको लागि गठबन्धन गरिएको बताए।

केसिले भने, ‘ बिरोधिको बिचार समेत सुरक्षित गर्न समेत लोकतन्त्र बचाउन यो गठबन्धन आवश्यक रहेको र कुनै पनि उमेदवारले ब्यतिगत आलोचना र बिरोध गरेर समय खेर फाल्न नहुने बरु जनताको अगाडि आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नु पर्ने बताए। ’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।