याे निर्वाचन गुल्मेलीलाई इतिहास निर्माण गर्ने अवसर हाे : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी। नेकपा एकीकृत समाजवादीका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तर्फकी उम्मेदवार रामकुमारी झाँक्रीले आफूलाई एक पटक विश्वास गरेर मतदान गर्न अपिल गरेकी छन् । पूर्व मन्त्री समेत रहेकी झाँक्रीले आइतबार इस्मा गाउँपालिका ४ कोटकोटरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताइन् ।

उनले भनिन्, ‘यस पटकको निर्वाचन इतिहास निर्माण गर्ने अवसर हो, पुरानो बाटो भत्काएर नयाँ बाटो बनाउने कार्यमा कोही नचुकौँ ।’  नेतृ झाँक्रीले आफूले विकासका योजना वर्गीकरण गरेर काम गर्ने, तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने बताउँदै गुल्मीको समृद्धिका लागि महत्त्वपूर्ण योजना जसले जनताको भाग्य र भविष्यको ढोका खोल्न सक्ने भन्दै त्यस्ता योजना  आफूले अघि बढाउने दाबी गरिन् ।

आफू मन्त्री हुँदा जिल्लामा करिब ७/८ अर्बका योजना भित्राएको जानकारी गराउँदै अब विकास निर्माणका काम इस्माको कोटकोटेरी,कल्यार, जस्ता ठाउँबाट सुरु गर्ने वचन समेत उनले मतदातालाई दिईन् ।

नेतृ झाँक्री नेकपा एकीकृत समाजवादीबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । गत स्थानीय निर्वाचनको मतभार अनुसार सत्ता गठबन्धन गुल्मी क्षेत्र नम्बर २ मा झण्डै ५ हजारभन्दा बढी मतले अगाडि छ । भने रामकुमारी झाँक्री ग्रीन जोनमा रहेकी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।