अबको प्रधानमन्त्री प्रचण्ड नै हो : भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी ४ मंसिरको चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन्। आइतबार गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ।

उनले भने, ‘कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री। यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना पूरा नहुने कुरै छैन।’

प्रचण्ड गोरखा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।