काठमाडौं । विश्वमा पहिलो सवारी साधन निर्माणको श्रेय नेकलोस जोसेफलाई जान्छ ।
उनले सन् १७६९ मा वाष्पशक्तिमा आधारित सवारी साधन बनाएका थिए । अठारौं शताब्दीमा औद्योगिक क्रान्तिसँगसँगै सवारी साधनको क्षेत्रको क्रमिक रूपमा विकास भएको पाइन्छ । सन् १९२९ को महामन्दीपूर्वसम्म विश्वमा ३ करोड २० लाख २८ हजार ५ सय सवारी मात्र प्रयोगमा थिए, जसमा अमेरिकाले मात्र ९० प्रतिशत भन्दा बढी सवारी उत्पादन गथ्र्यो । भलै तीताका प्रति ४.८७ अमेरिकीको पोल्टमा एउटा सवारी साधन पथ्र्याे ।
दोस्रो विश्वयुद्धपश्चात् पनि सवारी साधन उत्पादनमा अमेरिकाको हिस्सा ७५ प्रतिशत रह्यो । सन् १९८० मा आइपुग्दा भने जापानले अमेरिकालाई उछिन्न सक्यो । सन् २०१२ मा उक्त स्थानमा चीन विराजमान हुन पुग्यो । विगतको तुलनमा सवारी साधनको ब्रान्ड, मोडल, डिजाइन, क्षमता, सुरक्षा, आरमदायिता, मूल्य, विकास, उत्पादन र बजारीकरणको क्षेत्रमा आयामिक परिवर्तन आएको छ । राजस्वका हिसाबले विश्व अर्थतन्त्रमा सवारी उद्यमको योगदान अग्रस्थानमा छ । बजार पुँजीकरणका हिसाबले ब्रान्डका दृष्टिकोणबाट सन् २०१८ मा भोल्कासजेन, टोयोटा, मिम्लर, फोर्ड, जनरल मोटर्स, होन्डा मोटर, सेसी, फायट, बिएमडब्लू र निसान शीर्ष १० स्थानमा छन् ।
पछिल्लो समय कम्पनीमा सबैभन्दा धेरै सवारी उत्पादन गर्नेमा टोयोटा मोटर हो।
जापानी कम्पनी टोयोटाको उत्पादन प्लान्ट जापान बाहेक अन्य मुलुकमा धेरै रहेको छ। तर देशका रुपमा भने सर्वाधिक सवारीसाधन उत्पादन गर्ने देशमा चीन रहेको तथ्यांक छ।
२०२१ मा चीनले सबैन्दा धेरै २ करोड ८ लाख वटा सवारीसाधन उत्पादन गरेको छ। चीन संसारको सबैभन्दा धेरै कार बिक्री हुने देशमा समेत पर्छ। चीनमा चिनियाँ कम्पनीसहित विश्वका सबैजसो ठूला सवारी उत्पादक कम्पनीले स्थानीय साझेदारसँगको संयुक्त उपक्रममा कार उत्पादन गर्दै आएका छन्।
चीनपछि धेरै कार उत्पादन हुने देशमा अमेरिका रहेको छ। २०२१ मा अमेरिकामा ९१ लख ६० हजार वटा सवारीसाधन उत्पादन भएका छन्। अमेरिका अर्को धेरै निजी कार बिक्री हुने देशमा पर्दछ।
तेस्रो धेरै कार उत्पादन हुने देशमा जापान पर्दछ। जपान विश्वको सबैभन्दा धेरै कार उत्पादन गर्ने कम्पनी टोयोटा, अन्य कम्पनी होन्डा, निसान, सुजुकी, मित्सुबिसी, माज्दालगायत कम्पनी भएको देश हो।
त्यस्तै नेपालको अर्को छिमेकी मुलुक भारत धेरै कार उत्पादन हुने देशको चौथो स्थानमा रहेको छ। भारतमा जापानी कम्पनी सुजुकीको बहुमत स्वामित्व रहेको मारुती सुजुकीले सर्वाधिक कार उत्पादन तथा बिक्री गर्दै आएको छ। सुजुकीका कार नेपाली बजारमा समेत राम्रो संख्यामा बिक्री हुने कारमा पर्दछ। त्यस्तै भारतमा टाटा, महिन्द्रा, हुन्डाई, कियालगायत ब्रान्डका सवारीसाधन उत्पादन तथा बिक्री हुँदै आएको छ।
Comment