सेलिब्रेटीकी पनि सेलिब्रेटी शुष्मा महराको व्युटी बिजनेशमा ठूलो योगदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विगत दुई दशकदेखि सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी शुष्मा महरालाई नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा चिनिने गरेको छ । 

उनले संचालन गरेको व्युटी सैलुन नेपालकै नम्बर वान फेसियल हाउसमा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ जसका कारण  चर्चित सेलिब्रेटीसम्म फेसियल हाउसमा सेवा लिन पुग्छन् ।

काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी शुष्माले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुर्खेत, धनगडी र  चितवनमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् । 

उनले फेसियल हाउसबाट ब्युटीसियनको तालिमका साथै लाखौ महिला तथा पुरुषहरुलाइ विभिन्न शिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाइसकेकी छिन । 

हाल फेसियल हाउसको विभिन्न शाखाहरुमा  १ सय ५०  जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी  शुष्मा आफै पनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् ।   

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देश तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका शुष्माले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै शुष्मा जमेकी छन् । यसै व्यवसायवाट शुष्माले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउन सफल भएकी छन् । 

यस बाहेक समाज सेवामा पनि शुष्माको सक्रियता रहेको छ । असहाय बालबालिका तथा बृद्धबृद्धाहरुलाई सक्दो सहयोग गर्ने कार्य पनि सुषमावाट हुंदैआएको छ। वि .सं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट पीडितहरुको सहयोगमा अत्यन्त दत्तचित्त भएर शुष्माले सक्दो सहयोग गरेर पूण्य कमाएकी थिइन् ।

त्यसैगरेर, क्यान्सर पिडितहरुका लागि कपाल दान गर्नेदेखि कोरोनाको कहरको बेला समेत विभिन्न राहत सामाग्री वितरण गरेर आयामिक कार्य गर्दैआएको कसैवाट छिपेको छैन्।  

निडर तथा स्वाभिमानी स्वभाव अनि स्पष्टवक्ता शुष्मा आफै साहसी नारी पनि हुन् । अन्याय र अत्याचारको सदा विरोधी रहंदैआएकी बरिष्ठ सौन्दर्यविज्ञ शुष्मा महराका हरेक कार्यमा श्रीमान उज्वलजंग पराक्रम शाहको साथ र सहयोग रहेको छ । 

श्रीमान र परिवारको साथ र सहयोगका कारण बीग व्युटी बिजनेशमा आफूले सफलता प्राप्त गरेको दिल खोलेर सुषमाले बताएकी छन् । आँट, धैर्य र साहसको प्रतिक शुष्मा महराको भनाईमा स्वाभिमानमा बाँच्नुको मज्जा नै बेग्लै हुने गर्दछ । हातमा सीप भएको मान्छे कहिले पनि भोको हुंदैन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।