काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।
पछिल्लो समय धेरै मानिसहरुले सामाजिक सञ्जलमा नै बिताउने हुनेले आयोगले निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।
जसको लागि आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको हो।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगाना [email protected] मा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ।
आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँचवटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने छ। यसका लागि प्रतियोगीहरूले देहायका शर्तहरु पालना गर्नुपर्ने छ।
Comment