एक सातामा वाणिज्य बैंकहरूमा थपियो ८ अर्ब १८ करोड निक्षेप, सीडी रेसियो ८६.९६ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै असोज तेस्रो साता बैंकहरुले गुमाएको निक्षेप सुधार आएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (असोज २१ गतेदेखि असोज २८ गतेसम्म) ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप बढेको छ ।

गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ११ अर्ब रुपैयाँमा सिमित थियो।

निक्षेपसँगै सामान्य रुपले कर्जामा पनि बढेको हो। ६२ करोड रुपैयाँ थप कर्जा परिचालन भएको छ।

असोज अन्तिम सातासम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा दिएका छन्।

असोज महिनाभरिमा भने ३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।