काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ। जोशी निकट पत्रकार गिरीश गिरीले ट्विट गर्दै निधनबारे पुष्टि गरेका छन्।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएकोमा रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको थियो।
सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो
— Girish Giri (@Birgunj) October 16, 2022
Comment