कात्तिकमा निक्षेपको ब्याजदर नबढेपनि कर्जाको बढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिकमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढेकाले उनीहरुले कात्तिकमा नबढाउने जनाएका हुन ।

गत चैत देखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो ।

गत भदौमा बैंकहरुले १० प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएर १२.१३३ प्रतिशत पुर्याएका थिए । अब कात्तिकमा पनि सोही दर प्रकाशित गर्ने छन् ।

गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन् 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।