पुरुष भलिबल भोलिबाट, उद्घाटनमा पुलिस र कर्णाली भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल खेल शुक्रबारदेखि हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहमा समूहमा रहको अर्को टोलीमा लुम्बिनी प्रदेश रहेको छ। 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पुरुष भलिबलमा ११ टिमले सहभागिता जनाउँदैछन्। सहभागीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन्। तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन्।

पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ। महिला भलिबल भने म्याग्दीमा बिहीबारबाट सुरु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।