कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई आगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ‘ए’ कार्यक्रमबारे जानकारी गराएको छ।

यस अभियान अन्तर्गत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मका लागि जुकाको औषधि खुवाइँदैछ।

कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाखाले अनुरोध गरेको छ।

साथै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।