लोक सेवा आयोगले माग्यो सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी (विज्ञापनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन आह्वान गरिएको हो।

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म रहेको लोकसेवा आयोगले एक सूचनामार्फत जनाएको छ।

यसैगरी इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ ।

यस्तै, कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलेको आयाेगले जनाएकाे छ ।

लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।