बोतल र जारको पानीको मूल्य सार्वजनिक, बढी लिए कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ ।  

विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।

व्यवसायीयले अहिले प्रतिलिटर बोटलको २० देखि ४० रुपैयाँ लिदै आएका थिए भने प्रति जार ५० देखि १५० रुपैयाँ लिदै आएका थिए ।

उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ ।

तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गर्नेलाई कानुन अनुसार कारवाही हुने विभागले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।