यूरोको भाउ लगातार खस्किँदै, अमेरिकी डलरको तुलनामा ५ रुपैयाँ सस्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।

अमेरिकी डलरको तुलनामा यूरो २० वर्षयताकै कमजोर भएपछि बजारमा अमेरिकी डलरको तुलनामा र युरोको भाउ सस्तिन पुगेको छ ।

अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका
अनुसार सोमवार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४२ पैसा र
बिक्रीमूल्य १३२ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ४ पैसा र बिक्रीदर १२८
रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ७० पैसा र
बिक्रीदर ८४ रुपैयाँ ०८ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९६ रुपैयाँ
०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२
रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ९
रुपैयाँ ८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र
बिक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ९ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ
२५ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ९४ पैसा र
बिक्रीमा ४२५ रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ २२
पैसा र बिक्रीमा ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

१७ पुस २०५५ मा यूरोपेली संघका ११ सदस्य मुलुकले एकल मुद्रा प्रणाली सञ्चालन गर्ने भनेर युरो प्रचलनमा ल्याएका थिए ।

अहिले युरोपका १९ मुलुकले यो मुद्रालाई बैधानिक भुक्तानीको माध्यमक
अर्थात् राष्ट्रिय मुद्रा मानेका छन् । जर्मनी, फ्रान्स, इटली, स्पेन,
नेदरल्याण्ड्स, पोर्चुगल, ग्रीस, बेल्जियम, अस्ट्रिया, स्लोभाकिया,
फिनल्याण्ड, आयरल्याण्ड, लात्भिया, स्लोभेनिया, इस्टोनिया, साइप्रस,
लक्जम्बर्ग र माल्टा यूरोजोनका सदस्य छन् ।

यी देशमा कति नेपाली छन् भन्ने स्पष्ट आँकडा नभए पनि थुप्रै नेपाली
बसिरहेका छन् । यूरो कमजोर हुँदा यी मुलुकमा रहेर काम गर्ने नेपालीले
पठाउने रेमिटेन्समा असर पर्नेछ ।

त्यसको सोझो प्रभाव रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रमा पर्न जानेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।