मिनेन्द्र रिजाललाई पन्छाउँदै मोरङ २ मा सुजाता कोइरालाले पाइन् टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

२०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट यस पटक सुजाताले प्रतिस्पर्धा गर्ने भएकी हुन्।

यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले आफूसँग कुनै परामर्श नगरी कोइरालालाई टिकट दिएको रिजालले बताए।

‘म सँग कुनै पनि सल्लाह छैन। कुनै पनि किमिटीले मलाई सोधेको पनि छैन। यस पटक टिकट सुजाताले पाएको कुरा सुनेको छु,’ रिजालले  भने।

कांग्रेस क्षेत्रीय समितिले त्यस क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो।

शनिबार राति बसेको संसदीय बोर्डको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। २०७४ सालमा रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए। एमालेले त्यस क्षेत्रमा यसपटक पनि पोखरेललाईनै उम्मेदवार बनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।