काठमाडौं उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण,कसरी चिन्ने स्वस्थ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको पशुसेवा विभागले जनाएको छ ।

विभागले कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ ।

सिंग हेरेर छान्नुस् खसी

चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ।

यस्ता खसी हानिकारक

चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्,’ ।

भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए/नभएको थाहा हुन्छ ।’

चिकित्सकहरुका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्य्राएका लगायत विशेषता भएका खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिती हुँदैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।