नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अब अनलाइनबाटै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)कोे अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । एयरलाइन्सले सोमबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको हो ।

सोमबारदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार अब नेपाल एयरलाइन्सको वेबसाइटमार्फत विश्वको जुनसुकै कुनाबाट एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।