रुरु जलविद्युतको लाभांश घोषणा, नगद र बोनस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुरु जलविद्युत आयोजनाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज ७ गते सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो ।

कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि कार्तिक ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १७ औँ साभारणसभा बानेश्वर ब्याङ्क्वेट थापागाँउ बानेश्वरमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।