कृषि विकास बैंकको संचालकमा सुमन दाहाल, लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि बिकास बैंककाे संचालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रीपरिष्दकाे बैठकले दाहाललाई बैंककाे संचालक समितिको सदस्यमा नियुक्त गरेकाे हाे ।

नवनियूक्त संचालक सदस्य दाहाल सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सुमन दाहाललाई बैंक संचालक समिति बैठकका अध्यक्ष डा. राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहणमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईं, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र बैंकका कम्पनी सचिव हिमलाल पौडेलको उपस्थिती रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।