निफ्राको लाभांश घोषणा,सेयरधनीले कति पाउछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

जुन अघिल्लो वर्ष बैंकले ८.४२ प्रतिशत लाभांश दिएकोमा यस वर्ष भने आधा घटेको छ । अघिल्लो वर्ष बैंकले ८ प्रतिशत बोनस दिएको थियो । बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको जनाएको छ।

उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।