आइतबारलाई सर्‍यो नागरिकता विधेयकसम्बन्धी मुद्दाको पेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ। हिजो बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो।

न्यायाधीश मनोज शर्माको एकल इजलासमा सो मुद्दाको पेसी तोकिएको थियो। राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाउँदै पाँच थान रिट सर्वोच्चमा दायर भएको थियो। अधिवक्ता सुनिलरञ्जन सिंहसहितको रिट पेसी चढेपछि अन्तिममा पालो परेको थियो। अन्तिममा परेका कारण सुनुवाइका लागि शुक्रबार पालो नै आएन। 

प्रतिनिधिसभाको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म त्यसै राखेपछि उक्त कदम संविधानको धारा ११३ को उल्लंघन भएको दाबी रिटमा गरिएको छ।

रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।