सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार नक्सालस्थित नेपाल बाल संगठनमा एक कार्यक्रमबीच बैंककी निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामान हस्तान्तरण गरिन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायत बैंकका उच्चपदस्त अधिकारी सहभागी थिए। यसअघि पनि वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा वितरण गर्दै आएको बैंकले दसैँलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हो।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्वप्रभावित बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने निर्देशक शारदा शर्मा पुडासैनीले बताइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।