पूर्वसभामुख महराको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएका छन्। पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि उनी प्रत्यक्ष चुनाव नलड्ने टुंगो लागेको हो। 

महराले भने आफूलाई धेरै क्षेत्रबाट सिफारिस गरिएको भएपनि समानुपातिक रोजेको बताएका छन्। धेरैतिरबाट तानातान भएपछि देशकै नेता बन्न आफूले समानुपातिक रोजेको उनको दाबी छ।  

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए। २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव जितेका थिए। पार्टीमा उपाध्यक्षसमेत रहेका महराले सभामुख रहेका बेला जबर्जस्ती करणीको आरोप लागेपछि राजीनामा दिएका थिए।

बन्द सूचीमा समावेश भएका उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने व्यवस्था छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।