प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर ।  प्रजातन्त्र सेनानी तथा समाजसेवी तोरन्द्रमान सिंह प्रधानको सोमबार ९३ वर्षको उमेरमा निधन भएको छ। 

न्युरो अस्पतालमा उपचारका क्रममा दिउँसो ३ः४५ बजे उनको निधन भएको हो। विराटनगर-१० का प्रधान मुटु र श्वासप्रश्वासका बिरामी रहेको आफन्त सुवासकुमार अमात्यले बताए। 

२००७ सालको क्रान्तिमा प्रजातन्त्र प्राप्तिका लागि उनको महत्वपूर्ण योगदान थियो। नेवारी संस्कृति र भूगोलका जानकार प्रधानले गणेशमान फाउन्डेसन प्रदेश १ का पूर्वअध्यक्ष, झिँ पुचः, नेपाल क्षयरोग निवारणलगायत विभिन्न संस्थाको नेतृत्व सम्हालेका थिए। 

प्रधानको विराटनगरस्थित सिंघिया घाटमा मंगलबार अन्त्येष्टि गरिने आफन्त अमात्यले बताए। उनका तीन छोरी र पत्नी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।