कांग्रेसले बुझायो समानुपातिक तर्फको बन्दसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ जीवन परियार लगायत नेताहरू बन्दसूची बुझाउन आयोग पुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । 

कांग्रेस महामन्त्री शर्माले निर्वाचनलाई रेस्लिङको मैदान बनाउन नहुने बताए ।यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि समानुपातिक तर्फको बन्दसूची आयोग समक्ष बुझाएको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउन असोज २ र ३ गते समय दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।