राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा प्रतिनिधसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ। नमोर्चाले चौथो नम्बरमा बन्दसूची पेस गरेको हो। राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

जनमोर्चाले प्रतिनिधिसभाका लागि ११० जनाको बन्दसूचीमा नाम पठाएको छ। प्रदेशसभातर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेस गरिएको पार्टी सचिव हिमलाल पुरीले बताए। 

जनमोर्चाले प्रदेश १ र मधेस प्रदेशमा भने उम्मेदवारको बन्दसूची पेस गरेन। आयोगको निर्वाचन कार्यतालिकाअनुसार २ र ३ असोजमा बन्दसूची पेस गर्ने कार्यक्रम छ। सोमबार समानुपातिक सांसदको बन्दसूची बुझाउने अन्तिम दिन हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।