संविधानलाई आधा गिलास भरि, आधा गिलास खाली भनेको पुष्टि भयो :भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा आफूहरूले ‘संविधान आधा गिलास भरि, आधा खाली’ भनेको कुरा अहिले पुष्टि भएको बताएका छन्। आठौं संविधान दिवस अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।

संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरे पनि संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीअन्तर्गत संविधान अधुरै रहेको टिप्पणी उनले गरेका छन्। 

‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो, महिलाप्रतिको विभेद कायमै रह्यो। संविधानले मधेसी, थारु, जनजातिको माग र भावनालाई सम्बोधन गर्न नसकेको उनले बताएका छन्। उनले भनेका छन्,  ‘तसर्थ, हामीले सुरुमै यो संविधानलाई आधा गिलास भरि र आधा गिलास खालीू भनेको कुरा आज आएर अझ प्रस्ट भएको छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।