डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै ललितपुरमा ४ हजार ६०४ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ ।

काठमाडौंका टेकु, कालिमाटी, छाउनी, न्यूरोड, कोटेश्वर नरेफाँट क्षेत्रमा धेरै डेंगुका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ ।

दाङमा ९९४, रुपन्देहीमा ६५९ चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । डेंगुको कारण यो वर्ष २० जनाको मृत्यु भएको भइसकेको छ ।

डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।