चोलेन्द्रले अदालतमाथि मजाक गरे : अध्यक्ष घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष घिमिरेले सर्वोच्च फर्किन्छु भनेर चोलेन्द्रले अदालतमाथि मजाक गरेको बताएका हुन् । 

उनले संसदको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन सिफारिस गर्दै संसदमा प्रतिवेदन बुझाइसकेको अवस्थामा सर्वोच्च फर्किन नमिल्ने प्रष्ट पारे । 

अहिले संसद नै सकिएको नभई सांसदको कार्यकाल मात्र सकिएको उनको भनाई छ । ‘संसद अविछिन्न उत्तराधिकारीवाला संस्था हो, त्यसैले संसद सकिदैन । सांसदहरुको कार्यकाल सकिएको हो,’ उनले भने । 

उनले जबरामाथि लगाइएको महाभियोगबारे आगामी संसदले निर्णय गर्नेसमेत बताए  । उनले जबरा सर्वोच्च आउन खोजे विरोध गर्ने बताए । 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।