माओवादी पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न  नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ।

माओवादी केन्द्रीय कार्यालयमा केहीबेरमा पदाधिकारी बैठक बस्न लागेको छ। पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

माओवादीको स्थानीय तहको समिति हुँदै जिल्लाबाट प्रदेशमा पठाइएको सिफारिश केन्द्रमा पुगेको छ। मातहतका समितिले पठाएको सिफारिशकै आधारमा माओवादी पदाधिकारी बैठकले समानुपातिक उम्मेदवार छनोट गर्ने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।