ओलीलाई लक्षित देउवाको जवाफ-‘परमादेशकै कारणले संसदमा हाम्रो भेट भएको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।

ओलीले सरकारलाई निरन्तर परमादेशी सरकार भन्दै आएपछि शनिबार प्रतिनिधिसभाको अन्तिम  बैठकमा बोल्दै त्यसको जवाफ फर्काएका हुन्।

 उनले प्रतिपक्षी दलको नेताले अहिलेको सरकारलाई परमादेशको सरकार भन्ने गरेको भन्दै संसद् नै परमादेशबाट आएको र जसका कारण प्रतिपक्षी र सत्तापक्ष संगै काम गर्न पाइरहेको तर्क गरे ।

देउवाले वर्तमान संसद्को कार्यकालमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी पनि गरे ।

प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिराेमा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।