निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पनि बयान लिइदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिने भएको छ । 

बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको हो । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए ।  

समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।